हेटौंडा– ३ नम्बर प्रदेशको ५ जिल्लामा हाल सम्म डेंगुका बिरामि देखा परेका छन् । शुक्रबार प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालको अध्यक्षतामा महामारीको रुपमा फैलिएको डेंगु रोगको सम्बन्धमा आवश्यक तयारी तथा कार्यान्वयनका लागि बसेको बैठकमा प्रदेशका ५ जिल्लामा हाल सम्म डेंगु रोगका बिरामि देखिएको जानकारी दिईएको छ । मन्त्रालयमा बसेको बैठकमा हाल सम्म मकवानपुरसहित, चितवन, काठमाडौं, ललितपुर र भक्तपुरमा डेंगुको बिरामि देखापरेको जनाइएको छ ।


हाल सम्म पाँच जिल्लामा ५ सय ५८ जना डेंगुका विरामी देखा परेको जनाईएको छ । जस मध्ये मकवानपुरमा सबै भन्दा बडी २ सय ८७ जना, चितवनमा १ सय ५१ जना, काठमाण्डौमा १ सय १६ जना, ललितपुरमा ३ जना र भक्तपुरमा १ जना बिरामि भेटिएका छन् । बैठकमा मकवानपुरको हेटौंडा–४ का ८५ प्रतिशत घरमा डेंगुको जिवाणु भेटिएको जनाएको छ । भने, काठमाडौंमा हाल सम्म १ सय १६ जनामा डेंगु देखिएकोमा ५६ जना स्थानीय वासिन्दा रहेको समेत जनाएको छ ।

किट जन्य रोग अनुसंधान तथा तालिम केन्द्र हेटौंडाका अनसुार नेपालममा पहिलो पटक २००४ मा विदेशी नागरिकमा देखिएको डेंगु अहिले प्रदेश १ र ३ मा महामारीका रुपमा फैलीएको छ । चितवनामा यो सहित चौथो पटक डेंगुका विरामी देखा परेको केन्द्रका प्रमुख डाक्टर यदु चन्द्र घिमिरेले जानकारी दिनुयो । उहाँका अनुसार डेंगुको जिवाणु सबै भन्दा बढी घरमाथि राखिएका प्लास्टिकका ड्रममा भेटिएका छन । त्यस्ता प्लास्टिकका ड्रमहरुमा करीब २० प्रतिशत डंगुका जिवाणु उत्पादन हुनेगरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै पुराना टायरहरुमा १४ दशमलव ६, बकेटमा ६ दशमलव ८, पेन्ट गरि फालिएका कन्टेनरमा ३ दशमलव ४, कपहरुमा ३, फलामका ड्रममा २ दशमलव ६, प्लास्टिकका ग्लासमा २, गमलामा १ दशमलव २, प्लास्टिकका बाटाहरुमा २ प्रतिशत तथा अन्यपानि जम्ने स्थानहरुमा डेंगुका जिवाणु बस्ने गरेको पाईएको बताउनुभएको छ । डेंगुको जिवाणु नष्ट गर्नु नै यसबाट बच्ने सबै भन्दा राम्रो विकल्प भएको समेत उहाँले बताउनुभएको छ ।

डेंगु नियन्त्रणका लागि काम भईरहेको छ–मन्त्री दुलाल

This image has an empty alt attribute; its file name is oty9eWVL-6YBc6yJVtBl0BYBiaIdfqI0a2ERUA0gaCcoATpAVhBjRpJgdvTUGwoFIk_UQcWmV1nmUx7ChCx814vLocfLmrLfYw7ToSoWmqWc29hdl8rKZjk5Gqg5MHydW9uiUPE_GXhnAmhafJFk9q4jq4hv_T_ZCww4qxcoXvIHABVUw2I1yOU4vtKVvp5xvyQ-rb_jsWQ1zq3FIZNF2L-aUz7Aeq5GcgxK8nIPiIySYJY2rUWTMWDxj4eOZH7URkFQJIY8lNDhgsXnvnSMRfndGiSb65rlyYjiZUAGO7dCqsQRe-Q1dGYYMOn_SEWnDo_bXvLK_cQBgaRoHemt8FVRv7f2hfiM7irFW6SFhMi7surppk91OorNwus1o4q7o4RfWa2a6cO7d8LXtLG4v-Q4gbUE3gAG2zFL8bWFNWAQlSDwdYe-sInGG6cCb8ORo4jVtviyejmyB4x8-eubvPgvHu8FKRS_D-YJPySQzvoadYIf_1L57ND1pk8H-nAKhqorrA0ADveVYc2zi9SrwjCOOXnlxvH7khVgswynbH08q_5cpZxqNvdGeF1mrP8BEyz9AfHgz8I1wuZmpYRC2SeLwhAr77OUYRa1yv1fhWPnI2o8zwH5ThvmrA2auQS0dv1yHLTSgrWC8yFdxO_k7r2eLkbRwR3x=w876-h657-no

प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले डेंगु नियन्त्रण गर्नका लागि तयारीका साथ काम भईरहेको जानकारी दिनुभएको छ । डेंगुका विरामी बडेमा चुनौती हुने बताउँदै उहाँले भन्नुभयो–‘जाडो सिजन नआउँदा सम्म डेंगुका विरामी बढीरहन्छन् । यसका बारेमा जनचेतना जगाएर काम गर्नुको विकल्प छैन ।’ डेंगु नियन्त्रण गर्ने मुख्य काम भनेको सर्च एण्ड डिष्ट्रोयनै रहेको बताउँदै उहाँले यो अभियानमा स्कुले बिद्यार्थी देखिलिएर सबै क्षेत्रका नागरिकहरु परिचालन गर्न निर्देशन दिनुभयो ।

बिभीन्न माध्यमबाट जनचेतना जगाउने काम संगै अभियानमा सबै कार्यालयका कर्मचारीलाई आधिकारीक रुपमा पत्र नै पठाएर नियन्त्रणको अभियानमा लाग्नुपर्ने बताउनुभयो । मन्त्री दुलालले सरोकारवाला निकायहरुलाई डेंगुको नियन्त्रणमा लाग्न सबैलाई निर्देशन दिनुभएको हो । बैठकमा हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रबिण श्रेष्ठ, डाक्टर हरिबहादुर खड्का, किट जन्य रोग अनुसंधान तथा तालिम केन्द्र हेटौंडाका प्रमुख यदुचन्द्र घिमिरे, डाक्टर पुरुशोत्तम सेडाई, डाक्टर युवराज पोख्रेल लगायतकाको उपस्थिती रहेको थियो ।