मकवानपुर– मकवानपुरकाे मनहरी गाउँपालिका–९ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वडा स्तरीय कार्यकर्ता भेला शनिबार सम्पन्न भएको छ । नेकपा मनहरी गाउँपालिका ९ नम्बर वडा कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

वडा कमिटी अध्यक्ष दिपक पुलामीको सभाध्यक्षता एवम् नेकपा केन्द्रिय सदस्य तथा मकवानपुर सह–ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रिय सदस्य रानाले अहिले उत्पन्न समसामयीक राजनैतिक अवस्थाका बारेमा जानकारी दिनुका साथै आगामी कार्य योजनाका बारेमा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो ।

भेलामा नेकपा केन्द्रीय सदस्य महेस बर्तोैला, प्रदेश कमिटि सदस्य एकराज उप्रेती, नेकपा मकवानपुरका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, जिल्ला कमिटी सदस्य लाल बहादुर थापा, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । भेलामा करीब ३ सय कार्यकर्ताको उपस्थिती रहेको नेकपा जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिनुभयो ।