हेटौंडा– अखिल नेपाल महिला (अनेम) संघको केन्द्रिय सदस्यमा मकवानपुरका दुईजना मोनित हुनुभएको छ । मकवानपुरबाट अनेम संघकी जिल्ला अध्यक्ष पार्बती राना र उपाध्यक्ष मेनुका दाहाल केन्द्रिय सदस्यमा मनोनित हुनुभएको हो ।
काठमाण्डौमा आज सम्पन्न अखिल नेपाल महिला संघ केन्द्रिय समितिको दोस्रो बैठकबाट मकवानपुर जिल्ला अध्यक्ष राना र उपाध्यक्ष दाहाल केन्द्रिय सदस्यमा मनोनित हुनुभएको हो ।