मकवानपुर । आगामी जेठ ७ गतेदेखि १३ सम्म हेटौडामा आयोजना हुने दोश्रो बृहत बागमती खेलकुदको तयारी तिब पारिएको छ । बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा हुने प्रतियोगिताको खेलस्थल निर्माणलगायतको काम अन्तिम चरणमा पुगेको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो ।

समयमै जन्म दर्ता गरी कानुनी पहिचान सुनिश्चित गरौ ।

बामगती प्रदेशको खेलकुदको कुम्भमेलाको रुपमा लिईएको दोस्रो संस्करणको प्रदेश खेलकुद प्रतियोगिता हुने खेल स्थलमा भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । प्रदेश खेलकुदको दोस्रो संस्करणमा फुटबल, भलिबल, एथ्लेटिक्स, बक्सिङ, ब्याड्मिन्टन, कराँते, तेक्वान्दो, रग्बी, उसु, आइटीएफ तेक्वान्दो, पौडी र जुडो गरि १३ खेल समावेश गरिएको छ । प्रतियोगिताका १३ खेलमध्ये मकवानपुरमा ११ वटा खेल हुनेछ भने चितवनमा क्रिकेट र काठमाडौंमा पौडी खेल हुने उहाँले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार प्रतियोगिताको उद्घाटन र समापन हेटौँडा स्थित पिप्ले–क्याम्पा रङ्गशालामा हुने छ । उहाँले दोस्रो प्रदेश खेलकुदका लागि खेलाडिहरु उत्साहित रहेको र प्रदेशका १३ वटै जिल्लाहरुमा उपाधि जित्ने तरीकाले उत्कृष्ट तयारी भईरहेको बताउनुभयो । दोस्रो प्रदेश खेलकुदमा ४ हजार भन्दा बढी खेलाडी, पदाधिकारी र व्यवस्थापकको सहभागिता रहने जानकारी दिनुभयो । प्रदेश खेलकुदका लागि परिषद्ले ९ करोड ६७ लाख रुपैयाँ लागत अनुमान गरेको छ । यसैबीच शुक्रबार (हिजो) प्रदेश खेलकुद बिकास परिषद्को तेर्हौ बोर्ड बैठकले प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।