स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि छुटेका पाँच वर्षमुनिका बालबालिकालाई भोलि (आइतबार) खोप लगाउने भएको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले शनिबार भिडियो सन्देश जारी गर्दै यसअघि छुटेका सबै बालबालिकालाई वैशाख ३१ गते देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा खोप लगाउने बताउनुभएकाे छ ।
उहाँले भन्नुभएकाे छ, ‘देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट यसअघि १५ महिना उमेरसम्म दिइने नियमित छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिइँदैछ’, ‘त्यसैले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउन अनुरोध गर्दछु।’
खोप नलगाउँदा बालबालिकाका हुनसक्ने रोगको सङ्क्रमणको, अपंगता तथा मृत्यु हुनबाट बचाउन खोप लगाउन आवश्यक रहेको उहाँले बताउनु भएकाे छ । यो अभियानमा सहभागीमा भई आफ्ना टोल गाउँका बालबालिका र विद्यार्थीले खोप लगाए नलगाएको यकिन गरिदिन पनि उहाँले समाजका सबैमा आग्रह गर्नु भएकाे छ ।