मकवानपुर – मकवानपुरमा धान जोन क्षेत्र सिफारीस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्तरगत जिल्लाको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका वडाहरू मिलाएर धान जोन क्षेत्र सिफारीस गरिएको हो ।

No description available.

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, परियोजना कार्यान्वयन ईकाई मकानपुरको आईतबार बसेको बैठकले जिल्लाका दुई स्थानीय तहका वडाहरू मिलाएर धान जोन क्षेत्र निर्धारण गरेर सिफारीस गरेको हो । परियोजना कार्यान्वयन ईकाई मकानपुरका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जोन क्षेत्र प्राविधिक प्रतिवेदनको आधारमा जिल्लाको हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ६, ७, ८, १२, १६, १७ र १८ तथा मनहरी गाउँपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७, ८ र ९ लाई क्षेत्र निर्धारण गरि सिफारीस गरिएको हो ।

No description available.

कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यअनुरुप सरकारले सञ्चालन गरेको कार्यक्रम अन्तरगत यी दुई पालिका जाेड्दा क्षेत्र पुग्ने हुँदा जोन कार्यक्रम सिफारीस गरिएको प्रमुख खुलालले बताउनुभयो । परियोजना अन्तर्गत कृषकलाई आधुनिक उपकरणलगायत प्राविधिक सहयोग प्रदान गरिने उहाँले बताउनुभयो । बाली, जलवायु र माटोको अनुकूलता तथा कृषकको माग तथा प्राविधिको प्रतिवेदनका आधारमा यी क्षेत्रलाई धान जोनका रुपमा रुपमा छनोट गरेर सिरफारीस गरिएको उहाँले बताउनुभयो ।
यस्तै बैठकमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाद्धारा आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरमा सञ्चालन गरिने कार्यक्रम सार्वजनीक गरिनुका साथै आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति समिक्षा समेत गरिएको थियो । बैठकमा समितिका सदस्यहरु, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगनाथ दाहाल, डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख ईमनाथ पौड्याल, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयका मनोहर रिजाल, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसी, निमित्त समन्वय अधिकारी भीमलाल महर्जन, कृषि ज्ञान केन्द्र चितवनका युवराज पाण्डेलगायतको सहभागिता थियो ।