हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको समृद्धिकोलागि सबै नागरिक उत्पादनसंग जोडिनुपर्ने बताउनुभएको छ । नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको आज हेटौंडामा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री पौडेलले अहिलेपनि हाम्रा सोच, बिचार, चिन्तनमा परिर्बतन आउन नसकेको भन्दै अव आफुले आफैलाई परिवर्तन गर्नुपर्ने वेला आएको बताउनुभएको छ । उहाँले हामी संग सबै थोक हँदा हुँदै पनि किन परिवर्तन गर्न सकिएन भन्ने कुरामा बिचार गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले अव सबै नागरिक उत्पादन संग जोडिएर देशलाई समृद्धी बनाउनुपर्ने बताउनुभयो । नेपानीहरु श्रमसंग नजोडिएका कारण गरिव भएको भन्दै मुख्यमन्त्री पौडेलले श्रम र पुँजीलाई वजार सम्म ल्याउनुपर्ने समेत वताउनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर वानियाँले निजी क्षेत्रलाई अवसर दिएर अगाडी बढ्नुपर्ने वताउनुभएको छ । नेपाल जेसीजको क्षेत्र ‘ख’ का अध्यक्ष रमेश चन्द्र भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष महेश पौडेल, कार्यक्रम निर्देशक गणेश भेटवाल, वस्तिपुर जेसीजका अध्यक्ष सुनिल अधिकारी लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो । सम्मेलनमा क्षेत्र ‘ख’ का ३२ वटा शाखाका करिब ३ सय युवासहित नेपाल जेसीज र अन्य शाखाका गरी कम्तिमा ६ सय भन्दा बढी युवाहरुको सहभागिता रहेको छ ।