हेटौँडा,१३ जेठ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज सार्वजनीक भएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा प्रदेश सरकारको आव २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
यसअघि मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारको नीति तथा कार्यक्रम पेश गर्नु भएकाे थियाे । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पारदर्शी तथा प्रविधिमैत्री सेवा प्रवाह, सार्वजनिक खर्च न्यूनीकरण, कृषि आधुनिकीकरण, सुलभ स्वास्थ्य तथा शिक्षा लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेको छ । सरकारले आगामी आर्थिक वर्षमा नयाँ सडकको ट्रयाक नखोल्ने रणनीति लिएको छ ।
यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ :











