मकवानपुर– मदन भण्डारी फाउण्डेशन मकवानपुरको अधिवेशन आगामि मंसिरमा हुने भएको छ । मंगलबार फाउण्डेशनका जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आगामि मंसिर २७ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
त्यस्तै फाउण्डेशनले यो वर्षको तिहारमा देउसी भैलो कार्यक्रम आयोजना गर्ने निर्णय गरेको फाउण्डेशनका अध्यक्ष खुलालले जानकारी दिनुभयो । हेटौंडा–१५ मा रहेको दिव्य सेवा निकेतन बृद्धाश्रमको सहयोगकालागि देउसीभैलो कार्यक्रम आयोजना गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । बैठकमा फाउण्डेशनका प्रदेश सचिव एवम् ३ नम्बर प्रदेशसभा सदस्य दिपक निरौला, फाउण्डेशनकी उपाध्यक्ष एवम् प्रदेशसभा सदस्य जुनेली श्रेष्टलगायत फाउण्डेशनका कार्यसमिति सदस्य तथा जिल्ला सदस्यहरुको उपस्थिती थियो ।