मकवानपुर – मकवानपुरमा थप ४६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २०९ जनामा गरिएको परिक्षणमा थप ४६ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय उपलब्ध गराएको तथ्याङ्क अनुसार ७० जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १६ जनामा र १३९ जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण गर्दा ३० जनामा गरी थप ४६ जनामा कोरोना पुष्टि भएको हो । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमण हुनेको संख्या १२ हजार २७७ पुगेको छ । हाल मकवानपुरमा संस्थागत आइसोलेसनमा ४५ जना र होम आइसोलेसनमा ५१९ जना गरी ५६४ जना सकृय संक्रमित उपचाररत रहेका छन ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६१ जना कारोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ६१ जना कारोना सङ्क्रमण मुक्त भएका हुन। योसँगै मकवानपुरमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ११ हजार ५ सय ३२ जना पुगेको कार्यालयले जनाएको छ ।