file photo

हेटौँडा – आयुर्वेदिक औषधिको प्रयोगमा सर्वसाधारणको आकर्षण बढेको छ । पछिल्लो समय रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेदिक औषधि अत्यन्त उपयोगी मानिएको छ । यसविधीबाट उपचार गराउने बिरामीका संख्या पनि वृद्धि हुँदै गएको जिल्ला आयुर्वेद औषधालय हेटौंडाको प्रमुख डा सृष्टि श्रेष्ठले जानकारी दिनुभयो ।
आर्थिक वर्ष ०७६/०७७ मा आयुर्वेद औषधालयबाट ७ हजार ९ सय ९० जनाले स्वास्थ्य सेवा लिएका थिए भने गत आर्थिक वर्ष ०७७/०७८ मा आईपुग्दा स्वास्थ्य सेवा लिनेको संख्या बढेर ११ हजार ७ सय पुगेको डा।सृष्टि श्रेष्ठले बताउनुभयो । यस्तै विश्वव्यापी कोरोना संक्रमण बढेपछि अघिल्लो वर्षहरुको तुलनामा क्रमश आयुर्वेदिक औषधिको प्रयोगमा सर्वसाधारणको विश्वास बढेसंगै जिल्ला आयुर्वेद औषधालयले ५० वेडको आयुर्वेद अस्पताल बनाउने पक्रियामा समेत अघि बढाएको छ । आयुर्वेद अस्पताल निमार्णको निम्ती हेटौंडा उपमहानगरपालिकाले वडा नम्बर ११ र १२ मा विचमा जग्गा समेत उपलब्ध गराई सकेको औषधालयका अध्यक्ष मधु बजगाई क्षेत्रीले बताउनुभयो । यस्तै स्वास्थ्य सेवा लिन आउने सर्वसाधरणहरुलाई सहज होस भन्ने उदेश्यले विमा कार्डबाट पनि स्वास्थ्य सेवा लिन पक्रिया अघि बढाएको छ । हाल आयुर्वेदिक औषधालयमा हाडजोर्नी, बाथ, पेट सम्बन्धि दम लगाएत रोगहरुको स्वास्थ्य समस्या लिएर सार्वसाधरण आउने गरेका छन् ।