मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको मेयर नेपाली कांग्रेसले पाउनुपर्ने माग गर्दै कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । कांग्रेस हेटौंडानगरको बैठक बसिरहेको बेला उपस्थित नेता कार्यकर्ताले नेतृत्वलाई दवाव दिन पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

नेपाली कांग्रेस हेटौंडाका १९ वटै वडा सभापतिहरूले मेयर आफ्नो पार्टीले पाउनुपर्ने माग गर्दै संयुक्त रुपमा जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको नगरसभापति उत्सव इटेनी बताउनुभयो । नगरसभापति इटेनीको सभाध्यक्षतामा आज बसेको बैठकमा सहभागि वडाका सभापतिहरूले कांग्रेसबाट जो उम्मेदवार भएपनि स्विकार्ने तर मेयर पद अरुलाई छोड्न नहुने कुरामा जोड दिएका छन् । नगरमा गठबन्धनका अन्य दल भन्दा कांग्रेसको प्रभाव बलियो रहेकाे दावि गर्दै मेयर नै लिनुपर्नेमा केन्द्रीय नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् । उनिहरुले अरुलाइ मेयर जिम्मा लगाए बिद्रोह हुने चेतावनी समेत दिएका छन् । नेतृत्व तहले यसबारे तल्लो तहसंग पनि समन्वय गर्दा राम्रो हुनेमा उनीहरूको जोड छ । मेयरमा हेटौंडा नगर समितिले आनन्दराम पराजुली, उत्सव ईटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको छ ।