file photo

नेकपा माओवादी केन्द्रका नेताहरुले हेटौंडासहित चार उपमहानगरपालिकाको नेतृत्वमा दाबी नछोड्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाव दिएका छन् । स्थानीय चुनावबारे छलफल गर्न आज आयोजित केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले चार उपमहानगरको दाबीमा लचक नहुन सुझाव दिएका हुन् ।
महानगरमा एकवटामा मात्रै चित्त्त बुझाएर जाने स्थिति सिर्जना भयो,’ बैठकमा सहभागी एक पूर्व स्थायी समिति सदस्यले भन्नुभयो, यसको क्षतिपूर्तिस्वरुप चारवटा उपमहानगरमा जोड दिएर जानुपर्छ भन्ने सुझाव अधिकांश नेताबाट आयो ।’ महानगरमा भरतपुर मात्रै दाबी गरिरहेको माओवादी केन्द्रले चारवटा उपमहानगरमा पनि दाबी गरेको छ ।
माओवादीले गठबन्धनको बैठकमा हेटौंडासहित जितपुर–सिमरा, घोराही र धरान उपमहानगरको प्रमुख आफूले पाउनुपर्ने माग गरेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्मको अवस्थाबारे बिफ्रिङ’ गरेको पूर्व स्थायी समिति दस्य डिलाराम आचार्यले जानकारी दिनुभयो । अहिलेसम्मको अवस्थाबारे जानकारी गराउँदै उहाँले तपाईंहरुको यसमा राय के छ भनेर सोध्नु भएको थियो,’ आचार्यले भन्नुभयो, हामीले महानगर र उपमहानगरमा मिलाएर जाँदा राम्रै हुन्छ भन्ने सुझाव दियौं ।’
त्यस्तै माओवादी केन्द्रको सोमबार अबेर केन्द्रीय समितिको भर्चुअल बैठक बसेको थियो । उक्त बैठकमा पनि प्रचण्डले अहिलेसम्मको अवस्थाबारे जानकारी गराउँदै आफ्नै शक्तिमा भर पर्न निर्देशन दिएको एक केन्द्रीय सदस्यले जानकारी दिनु भएको छ । तल पनि मिलाएर जाने कोसिस गर्नुहोस्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भन्नुभयो, मुख्य आधार आफ्नो शक्ति हो, त्यसमा भर पर्नुपर्यो । मिलेन भने पनि दृढतापूर्वक एक्लै लड्नुपर्‍यो ।’अनलाईनखबरबाट