धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन हुनु भएकाे छ । नगर प्रमुख हमालकी जेठी छोरी आरती हिजो (सोमबार) देखि सम्पर्कविहीन हुनु भएकाे हाे ।

ओशो साधक आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आउनु भएकाे थियाे । तर सोमबारदेखि भारतको जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन हुनु भएको उहाँको साथीबाट खबर प्राप्त भएको हमालले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिनु भएकाे छ ।
उनले आफ्नो छोरी आरतीको खोजीका लागि अपिलसमेत गर्नु भएकाे छ । मेयर हमालले फेसबुकमा लेख्नु भएकाे – ‘मेरी जेठो छोरी आरती ओशो साधक हुन् । उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजीकार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु । साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातिको प्लेनमा गोवा पुगिरहेकाले मोबाइल नम्बर ९७९४०९६०१४/८२७३५३८१३२/ ९३९८६०७९५३ मा सम्पर्क गरी त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।’