मकवानपुर । मकवानपुरमा मंगलबार दिउँसो एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भिर घाईते भएका छन् । मकवानपुरको मकवानपुरगढी–७ सुकौरामा स्थित सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटनाहुँदा चालक पेमा रत्न तितुङ गम्भिर घाईते भएका हुन् ।
गम्भिर घाइते चालकको हेटौंडाको सहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिरामी पु¥याएर फर्किने क्रममा मकवानपुरगढी–७ नरसिंह डाँडामा अनियन्त्रित भई सडकदेखि करीब २ सय मिटर तल रुखमा अड्कीएको ७ स्थानीयले बताएका छन् ।