हेटौंडा । हेटौंडाको नारायणी कलेजमा मंगलबार साँझ विद्युत लाइन सर्ट भएर आगलागी भएको छ । हेटौंडा–१०, स्थित तुलसी मेहर बोर्डिङ तथा नारायणी कलेजमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साँझ करीब साढेँ ५ बजेको समयमा कलेजमा आगलागी भएको थियो । हेटौंडा उपमहानगरपालिकाको दमक, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट भएको क्षतीको विवरण आउन बाँकी रहेको र आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।












