मकवानपुर– मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीयतह घोषणाका लागि सामुहिक प्रतिबद्धता गरिएको छ । बालमैत्री पालिका घोषणाको तयारी स्वरुप आयोजित अभिमुखिकरणका क्रममा सामुहि प्रतिबद्धता गरिएको हो ।
बालमैत्री घोषणाका लागि गाउँपालिकाले गाउँपालिकाका वडा अध्यक्ष, गाउँपालिकामा रहेका विद्यालय प्रधानाध्यापक, स्वास्थ्य शाखाका प्रतिनिधि, बाल क्लबका प्रतिनिधि, सुरक्षा निकाय, टोल विकास संस्थाका प्रतिनिधिका लागि दुई दिन अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । अभिमुखीकरणमा विष्णु प्रसाद चौवेले सहजीकरण गर्नुभएको थियो । अभिमुखीकरणको समापनको अवसरमा गाउँपालिकाका अध्यक्ष विदुर हुमागाइले यहि २०७८ जेठ मसान्तसम्म वडा नं ३, ५, ६ लाई गाउँपालिकालाई र २०७८ मंसिर मसान्तसम्ममा गाउँपालिकालाइ नै बालमैत्री पालिका घोषणा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले सबैको साथ र सहयोगको अपेक्षा रहेको र सबै मिलेर हातेमालो गर्दै गाउँपालिकालाई बालमैत्री घोषणा गर्नुपर्ने बताउनुभयो । समापनको अवसरमा वडा अध्यक्षहरुको तर्फबाट सामाजिक विकास संयोजक समेत रहनुभएका ५ नम्बर वडा अध्यक्ष जित बहादुर घिमिरे, स्वास्थ्य प्रमुख ध्रुव प्रसाद लामिछानेले, विभिन्न विद्यालयका शिक्षकलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।