मकवानपुर – राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स ) को २३ औं स्थापना दिवसको अवसरमा एलायन्स मकवानपुरले बृक्षारोपण गरेको छ । एलायन्स मकवानपुरले बुधबार दिवशका अवसरमा एक कार्यक्रमको आयोजना गरि हेटौंडा–११, स्थित शहिद स्मारक क्षेत्रमा बृक्षारोपण गरेको हो ।

स्मारक परिसरमा नवनिर्मित “एलायन्स बगैँचा” तथा अन्य क्षेत्रमा विभिन्न जातका २ सय बढी विरुवाहरु रोपीएको थियो । एलायन्स मकवानपुरका अध्यक्ष रामचन्द्र न्यौपानेको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् सहिद स्मारक बिकास समितिका अध्यक्ष डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पौडेलले मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा स्थापना काल देखि मञ्चको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । एलायन्सले आम नागरिकको अधिकार रक्षाका लागी थप शसक्त भएर लाग्नु पर्ने उहाँको भनाई थियो । स्मारक विकास समतिका अध्यक्ष समेत रहनु भएका पौडेलले रोपिएको बिरुवाको संरक्षण पूर्णरूपमा सहिद स्मारकको तर्फवाट गरिने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, प्रदेश कमिटी सदस्य रघुनाथ खुलाल, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला सदस्य सुमित्रा काफ्ले, जुना दहाल, आरती पाठकलगायतको उपस्थिती थियो ।