फ्रान्सेली क्लब लिलेलाई हराउँदै इङ्ग्लिस क्लब चेल्सी यूईएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ । गएराति प्रि–क्वाटर फाइनलको दोस्रो लेगमा घरेलु टोली लिलेसँग एक गोलले पछि परेको स्थिति उल्ट्याएर चेल्सीले २–१ को जित निकालेको हो । चेल्सीको जितमा क्रिस्टियन पुलिसिस र सेसर एज्पिलिक्वेटाले एक–एक गोल गरे । लिलेका बुराक यील्माजले एक गोल फर्काए । पहिलो लेगमा चेल्सीले २–० गोलले हराएको थियो । समग्रमा ४–१ को जित निकाल्दै चेल्सी अन्तिम आठमा पुगेको हो ।