हेटाैंडा–शनिवार देशका विभिन्न स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुनमान महाशाखाका अनुसार देशको पूर्वी क्षेत्रमा असिनासहितको पानी पर्ने सम्भावना रहेको छ भने देशको पश्चिम र मध्य क्षेत्रमा पनि पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
आज काठमाडौं उपत्यकामा पनि हल्का पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज देशको उच्च हिमाली भुभागका केही स्थानमा हिमपात हुने सम्भावना रहेको जनाइएको छ । पश्चिमी वायुको पूर्वतिर केन्द्रित रहेकोले देशका विभिन्न स्थानमा पानी पर्ने र हिमपात हुने सम्भावना रहने जनाइएको छ ।
मौसम विश्लेषण)
हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।
मौसमको अवस्था )
हाल देशको मध्य तथा पुर्वी भू-भागमा सामान्य देखि पुर्ण बदली रहि पश्चिमी भू-भागमा आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। पुर्वी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र ०१ गते (शनिबार)
दिउँसोः देशका पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रहि मध्य तथा पश्चिमी भू-भागमा आन्शिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ-गर्जन/ चट्याङ्ग र असिना/ हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।
रातीः देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/ हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
चैत्र ०२ गते (आईतबार)
दिउँसोः देशका पहाडी भू-भागमा आन्शिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आन्शिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशका पहाडी भू-भागमा आन्शिक बदली रहनेछ।
चैत्र ०३ गते (सोमबार)
दिउँसोः देशभर आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशभर आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र असिना/ हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।