मकवानपुर–हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा हेल्प डेस्क स्थापना गरिएको छ । बिश्वलाई नै आतङ्कित पारेको कोरोना भाइरस सम्बन्धी सचेतना दिने फैलाउने उदेश्यले वडा प्रहरी कार्यालयको समन्व्यमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरले हेल्प डेस्क स्थापना गरेको हो ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरको ९ नम्बर वडा कार्यालयमै रहेको शहरी स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी सहितको हेल्प डेस्कको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले उद्धघाटन गर्नुभएको थियो । हेल्प डेस्कको उद्घाटन गर्दै वडा अध्यक्ष भण्डारीले वडाका नागरिकलाई कोरोना सम्बन्धी सचेतना फैलाउने उदेश्यका साथ हेल्प डेस्क स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले कोरोना भाइरस सम्बन्धी चेतना एक व्यक्तिमा मात्र भएर नहुने यसको चेतना घर, समुदाय हँुदै जिल्लाभर हुन पर्ने भएकाले यस तर्फ सबैले ध्यान दिनुपर्ने समेत बताउनुभयो । हेल्प डेस्कबाट बढी भन्दा बढी फाइदा उठाउन वडा अध्यक्ष भण्डारीले वडावासीलाई आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरिक्षक अरुण कुमार कुशवाहा, जनप्रतिनिधिहरु तथा शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी लगायतको उपस्थिति भएको थियो । हेल्प डेस्कबाट प्रहरी तथा स्वास्थ्यकर्मीले सचेतना सम्बन्धी जानकारी दिने बताईएको छ । कार्यक्रममा कोरोना भाइरस सम्बन्धी लक्षण, रोकथामको उपायहरुको बारेमा प्रस्तुतिकरण समेत गरिएको थियो ।