मकवानपुर– मकवानपुरमा आजबाट दादुरा रुवेला खोप अभियान सञ्चालन हुँदै छ । सरकारको आर्थीक बर्ष २०७६–७७ मा बहुबर्षीय खोप योजना अन्तर्गत मकवानपुरमा आजबाट पहिलो चरणको दादुरारुवेला खोप अभियान कार्यक्रम सञ्चालन हुन लागेको जिल्ला समन्व्य सिमित मकवानपुरका प्रमुख एवम् दादुरा–रूवेला खाेप अभियानका संयाेजक रघुनाथ खुलालले जानकारी दिनुभयाे ।
जिल्लाका १० पालिकामा गरि दुई चरणमा सञ्चालन हुने अभियान अन्तरगत एक हजार १ सय ७८ जना खोप कार्यकर्ता मार्फत ५ सय ४१ स्थानमा खोपकेन्द्रबाट खोप लगाइने संयाेजक खुलालले जानकारी दिनुभयो । पहिलो चरणमा जिल्लाको बकैया गाउँपालिकामा आजदेखि चैत्र २३ गते सम्म, राक्सिराङ गाउँपालिकामा चैत्र ६ गते सम्म, कैलाश गाउँपालिकामा चैत्र ११ गते सम्म, बागमती गाउँपालिकामा चैत्र ९ गते सम्म र मनहरी गाउँपालिकामा आगामी ८ गते सम्म कार्यक्रम संचालन हुने उहाँले जानकारी दिनुभयो । त्यस्तै अभियानको दोस्रो चरणमा भीमफेदी गाउँपालिकामा चैत्र १० गतेबाट १८ गते सम्म, इन्द्रसरोवर गाउँपालिकामा १५ गतेबाट २३ गते सम्म, मकवानपुरगढी गाउँपालिकामा १७ गतेबाट २३ गते सम्म, थाहानगरमा १५ गतेबाट २३ गते सम्म र हेटौंडा उपमहानगरमा ११ गतेबाट १९ गते सम्म सञ्चालन हुने संयाेजक खुलालले बताउनुभयाे ।
दादुरा रुवेला खोप अभियान अन्र्तगत जिल्लाका ४३ हजार बालबालिकालाई खोप लागाइने जनाईएको छ । दुईचरणमा सञ्चालन हुने कार्यक्रममा ९ देखि २४ महिनाका १२ हजार ९८ र २४ देखि ५९ महिनाका ३१ हजार २०५ जना गरि ४३ हजार ३०३ बालबालिकालाई दादुरा रुवेला बिरुद्धको खोप लगाईने संयाेजक खुलालले जानकारी दिनुभयो । जिल्लामा ३६ प्रतिशत बालवालिकाहरु पुर्ण खोप सेवाबाट बञ्चित रहेको पाईएको समेत उहाँले जानकारी दिनुभयो ।