हेटाैंडा– मकवानपुरमा शुक्रबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला हेटौँडामा गरिएकाे परिक्षणमा मकवानपुरका ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर गौतमले नियमित पत्रकार भेटघाटमा जानकारी दिनुभयाे ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेका मनहरी गाउँपालिकाका १ महिला र ५ पुरुष गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे । मनहरी गाउँपालिका–१ का २ जना,वडा नम्बर-४ का ३ जना र वडा नम्बर-७ का १ जनामा संक्रमणा पुष्टि भएकाे जनाइएको छ । उनिहरु सबै भारतबाट आएका र गाउँपालिकाले वडा नम्बर-३, लामिटार स्थित क्वारेन्टाइनमा राखेकाे थियाे ।
अहिले कोरोना संक्रमित ती सबै जनालाई हेटौंडा–४, कर्रा स्थित आइसोलेसनमा भर्ना गरिएको छ । कोरोना संक्रमण देखिएका २२ देखि ४० वर्ष सम्मका ५ जना पुरुष एक जना महिलालाइ आइसोलेसन भर्ना गरिएको आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।