मकवानपुर– हेटौंडामा शुक्रबार सुरक्षित गर्भपतन सेवा सम्बन्धी सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गरिएको छ । आईपास नेपालको आर्थिक सहयोगमा ओचेन्ड मकवानपुरले संचालन गरेको दुईवर्षे परियोजनाका सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सुरक्षित गर्भपतन सेवा सम्बन्धी जानकारी तथा सचेतनाका लागि सञ्चार क्षेत्रको भुमिका महत्वपुर्ण हुने बताईएको छ । संचारको माध्यमबाट जनचेतना जगाउने र पहरेदारीको काम हुने हुनाले सुरक्षित गर्भपतन सेवाका लागि संचारक्षेत्रको भुमिका महत्वपुण हुने बताईएको छ । देशकाे बदलिदो परिस्थितीमा सुरक्षित गर्भपतन सेवा सम्बन्धी ऐन कानुन, तीन तहको सरकारको भुमिका र सेवाका बारेमा जनतालाई सुसुचित गर्न संचार माध्यमको भुमिका महत्वपुर्ण हुन बताईएको छ ।
कार्यक्रममा ओचेन्ड मकवानपुरकी कार्यक्रम संयोजक सुप्रिमा सापकोटाले सुरक्षित गर्भपतन सेवाका बारेमा समुदायस्तरमा अझै बढी जानकारी प्रवाह गर्नु पर्ने र यसमा मिडियाले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बताउनुभयो । गर्भपतनका बारेमा अझै समाजमा भ्रम विद्यमान रहेकाले महिलाहरु खुलेर सूचीकृत स्वास्थ्य संस्थामा आउन नसकेको पाईएकोले यसमा संचार माध्यमले सकारात्मक भुिमका खेल्न सक्ने उहाँले बताउनुभयो । मकवानपुरमा हाल १० वटा सुचिकृत स्वास्थ्य संस्था र तीनवटा निजी किल्निकमा यो सेवा निशुल्क उपलब्ध रहेको तर, अझै पनि चेतनाको अभावका कारण वा सेवा सम्बन्धी जानकारी नभएर कतिपय महिलाहरु असुरक्षित रुपमा गर्भपतन गराउन बाध्य रहेकाले मिडियाले यस विषयमा भुमिका खेल्न सक्ने उहाँले बताउनुभयो । जिल्लामा रहेका सुचिकृत स्वास्थ्य संस्थाको तथ्याङक अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा ८८९ जना, आर्थिक वर्ष २०७५÷०७६ मा १०९९ जना र आर्थिक वर्ष २०७५÷०७६ को बैषख महिना सम्म करीब एक हजार जनाले यो सेवा लिएको जानकारी दिनुभयो ।
निःशुल्क सुरक्षित गर्भपतन सम्बन्धी उपलब्ध सेवाका बारेमा समुदायस्तरसम्म अझै बढी जानकारी प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । संस्थाले करिब दुई बर्षमा ३४ स्कुलमा स्कूल स्वास्थ्य कार्यक्रम, १७ पटक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम, सडक नाटक र असुरक्षित गर्भपतन सेवा दिवस र महिला स्वास्थ्य स्वंसेविका दिवसमा याली र अन्तरक्रिया कार्यक्रम गरेकाे उहाँले बताउनुभयाे ।











