सांकेतिक तस्विर

कतारमा लकडाउनको अवधिमा मृत्यु भएका मकवानपुरका एक जनाको शव काठमाडौं आइपुगेको छ । कतार एयरवेजको क्युआर ३२३४ नम्बरको जहाजमा मकवानपुरका जितेन्द्र थापा मगरको शव काठमाडौं आइपुगेको हो । 
लकडाउन अवधिमा मत्यु भएका ४० मध्ये २० जनाको शव ल्याउने क्रममा मकवानपुरको भीमफेदी गाउँपालिकाका मगरको पनि शव आएको छ । शुक्रबार बर्दियाका शुकराम थारु, सर्लाहीका अरुणकुमार पञ्जीपुर, मस्तक सैक र मनोज पासवान, महोत्तरीका शिवकुमार राउत र अनिल चौधरी, धनुषाका चाउतारवा मण्डल खत्वे, रुपन्देहीका यमबहादुर थापा, सिराहाका काशीनन्द्र यादव र रुपेशकुमार मण्डल, कपिलवस्तुका मोहम्मद अलामा मुसलमान, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापामगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डलको शव आएको छ ।
त्यस्तै मोरङका युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा र मंगलबहादुर तामाङ, उदयपुरका मीनबहादुर थापा र सुर्खेतका नरबहादुर कामीको शव ल्याइएको छ । शव सम्बन्धित परिवारको घरमै पुर्‍याउने व्यवस्था मिलाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । इदका अवसरमा आममाफी पाएका ४३ नेपाली कामदारलाई कतारले आफ्नै खर्चमा नेपाल पठाएको थियो । सोही विमानमा शव पनि ल्याईएको थियो ।