चितवन – नेकपा एमालेको नयाँ नेतृत्वको चुनावका लागि भएको निर्वाचनमा ५७ जनाले मतदान गरेनन । कुल २ हजार १५३ मतदातामध्ये २ हजार ९६ मत खसेको १०औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले बताउनु भयो ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन गरिएको हो । बिहान ४ बजेजेदेखि मतदान सुरू भएको थियो । मतदान ११ बजे सकिएको हो । अहिले मत गनणा भइरहेको छ । मतदानमा लालबाबु पण्डितसहित ५७ जनाले भाग नलिएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीका आकांक्षी पण्डित सूचीमा नपरेपछि केन्द्रीय सदस्यको मनोननयसमेत नगरी महाधिवेशन स्थल छाडनु भएको थियो । महाधिवेशनमा केन्द्रीय सदस्य र पदाधिकारीका आकांक्षी नेताहरु कतिपय रिसाएर र कतिपय पारिवारिक काम परेर मतदानमा आउन नसकेको बताइएको छ ।
निर्वाचन समितिले मतदान नगर्नेको सूची मतगनणालगत्तै सार्वजनिक गर्ने बताएको छ । एमाले नेताहरुले मतदान नगर्नेको सूची खोजिरहेका छन । महाधिवेशन स्थल सेभेट स्टारमा रहेका एमाले महाधिवेशन प्रतिनिधिहरुले मतदान नगर्नेको नाम सार्वजनिक गर्न निर्वाचन आयोगलाई आग्रह गरिरहेका छन । उनीहरुले को को हुन मतदान नगर्ने महाधिवेशन प्रतिनिधि भन्ने जानकारी लिन चाहिरहेको बताएपछि निर्वाचन आयोगले मतगणनापछि मात्रै सूची दिन सकिने बताएको हो ।