चितवन – नेकपा एमालेको अध्यक्षमा अत्यन्तै फराकिलो मतसहित केपी शर्मा ओली पुनः निर्वाचित हुनुभएको छ । साैराहामा सम्पन्न महाधिवेशनमा निर्वाचनमार्फत अध्यक्ष ओली फराकिलो मतसहित दास्रोपटक अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
ओलीले १८ सय ३७ मत पाउनु भएको छ । उहाँलाई चुनौती दिनुभएका नेता भीम रावलले २ सय २३ मत पाउनु भएको छ । चितवनमा १० गतेदेखि जारी महाधिवेशनमा १४ गतेमात्रै चुनाव भएको थियो । अध्यक्षका प्रत्यासी भीम रावललाई अत्यन्तै धेरै मतान्तरले पछि पार्दै नेकपा एमाले अध्यक्षमा ओली निर्वाचित हुनुभएको हो ।