चितवन – नेकपा एमालेको १०औँ महाधिवेशनमा नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओली विजय निकट पुगेका छन् । उनी आफ्ना प्रतिस्पर्धी भीम रावललाई भारी मतान्तरले पछि पार्दै विजय निकट पुगेका हुन् ।
विद्युतीय भोटिङमार्फत भएको मतदानमा २ हजार ९६ जना प्रतिनिधिले भोट हालेका थिए । निर्वाचन आयोगका अनुसार ओलीले रावललाई धेरै फराकिलो मतले पछि पारेका हुन् । अहिले सौराहाको होटल सेभेन स्टारको एलिफेन्ट कन्फ्रेन्स हलमा मतगणना भइरहेको छ । निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतगणना सुरू भएको दुई घण्टामै परिणाम सार्वजनिक भइसक्ने बताएका छन् ।