हेटौंडा– सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना महामारीको प्रभाव न्युनिकरण गर्ने अभिप्राय सहित महासंघले विभिन्न स्वास्थ्य सामग्री हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामालाई हस्तान्तरण गरेको हो ।

कोरोना महामारीको दोसो्र लहरबाट आक्रान्त भईरहेको समयमा यस बिरुद्धको लडाईमा सहयोग गर्ने उद्धेश्यले महासंघले उपमहानगरपालिकालाई ८ सय थान माक्स, १५ लिटर सेनिटाईजर, एकसय थान ग्लोब्स, २५ थान फेसशील्ड, ३ थान नेबुलाईजर, एक थान थर्मलगन र ३ थान अक्सिमिटर हस्तान्तरण गरेको हो । स्वास्थ्य सामाग्री ग्रहण गर्दै उपमेयर लामाले फेकोफनको सहयोग सराहनिय रहेको बताउनुभयो । महामारी बिरुद्ध सबै एकजुट भएर लाग्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा हेर्टौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई, महासंघ बागमती प्रदेश समितिका सचिवालय सदस्य रामहरी चौलागाई, जिल्ला अध्यक्ष साधुराम चौलागाई्, जिल्ला सचिव बलराम अधिकारी, हेटौँडा उपमहानगरपालिकाका अध्यक्ष शम्भु न्यौपाने लगायतको सहभागीता रहेको महासंघकी कार्यक्रम संयोजक प्रमिशा खनालले जानकारी दिनुभयो ।