मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठकोे योगदान सदा स्मरणिय रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टिका संस्थापक महासचिव श्रेष्ठको ४१ औं स्मृति दिवसको अवसरमा बुधबार एक सन्देश मार्फत श्रदाञ्जली ब्यक्त गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
“विशेषगरी प्रजातान्त्रिक शक्तिहरुसंग समेत मिलेर संयुक्तरुपमा राणाशाहि ब्यवस्थाको अन्त्य गर्नुपर्छ भन्नेमा उहाँको जोड रहेको थियो । आज देश अनेक विषमतालाई छिचोल्दै संघिय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्ग आएको छ । विगतमा छिन्नभिन्न नेपालको कम्युनिष्ट आन्दोलन संगठित र मजबुत हुँदै करिब दुई तिहाई मत सहित शासनको नेतत्व गरिरहेको छ । उहाँले सार्नु भएको विचारकै जगमै यि परिवर्तनहरु संम्भव भएको हो । राजनीतिक संघर्षबाट शासनको नेतृत्व गर्ने तहसम्म आईपुग्दा निश्चय नै हाम्रो कार्यभारहरु बदलिएको छ । त्यसैले राजनीतिक संघर्षबाट प्राप्त परिवर्तनहरु जनतले आफ्नो दैनिक जिवन ब्यवहारमा महसुस गर्ने अवस्थाको सिर्जना गर्नु हाम्रो प्रमुख दायित्व हो । यसर्थ सरकारले “सुखी नेपाली, समृद्ध नेपाल”को संकल्प गरेको छ ।” मुख्यमन्त्री पौडेलद्धारा जारी सन्देशमा उल्लेख छ ।
मुख्यमन्त्री पौडेलले आजको सन्दर्भमा पुष्पलालले भन्नुभएको जस्तै राष्ट्रियता, जनजीविका, सामाजिक न्याय लगाएतका मुद्धाहरुमा देशभित्रका सबै पक्षहरु एकढिक्का हुँदै “सुखी नेपाली, समृद्ध नेपाल” निर्माणको अभियानमा अघि बढ्न सक्दा मात्र ईतिहासले सुम्पिएको कार्यभार पुरा गर्न सकिने उल्लेख गर्नुभएको छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्न सक्दा मात्र जनताको परिवर्तनका आकांक्षालाई संबोधन गर्न सकिने उहाँद्धारा जारी सन्देशमा उल्लेख छ ।

नेपाल कम्युनिष्ट पार्टिका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसको अवसरमा उहाँप्रति उच्च सम्मान सहित…

Gepostet von Dormani Paudel am Dienstag, 21. Juli 2020