मकवानपुर – मकवानपुर प्रहरीले गएराती हेटौंडा उपमहानगरपालिका–११, स्थित नवलपुरबाट जुवा खेलिरहेका ३३ जनालाई पक्राउ गरेको छ । नवलपुरस्थित वैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थाई प्रहरी पोष्ट थानाभर्याङबाट खटि गएको प्रहरीको टोलीले बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा १३ थान कौडा, १३ बुक तास र ७३ हजार रुपैयाँ नगदसहित ३३ जना नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै सोही स्थानबाट अर्का एक जना महिलालाई समेत नियन्त्रणमा लिइएको जनाईएको छ ।
कौडा खेलेको आरोपमा पक्राउ पर्नेहरु सबैजना पुरुष रहेका छन् । प्रहरीले पक्राउ परेकाको नाम सार्वजनीक गरेको छैन् भने, उनिहरुका विषयमा अनुसंधान भईरहेको प्रहरी नायव उपरिक्षक कार्कीले बताउनुभयो । तिहारको बिदा भएकाले मुद्धा दर्ता गर्न बाँकी रहेको र अदालत खुल्ने वित्तिकै मुद्धा दर्ता गरिने उहाँले बताउनुभयो । पैसा हारजित हुनेगरी कौडा खेलिरहेको भन्ने सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।