मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको राजिनामा स्विकृत गर्दै परराष्ट्र सचिव शंकरदास वैरागीलाई नेपाल सरकारको मुख्य सचिवमा तीन बर्षका लागि नियुक्त गरेको छ । बैठकले पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा। युवराज खतिवडालाई अमेरिकाका लागि राजदुत सिफारिस गर्ने निर्णयसमेत गरेको छ । बैठकले मुख्य सचिव लोकदर्शन रेग्मीले दिनुभएको राजिनामा स्विकृत गर्दै उहाँलाई संयुक्त अधिराज्य बेलायतको राजदूत सिफारिस समेत गरेको छ । उहाँको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । प्रस्तावित राजदूतको संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नयाँ राजदूत नियुक्त गर्ने संवैधानिक व्यबस्था छ ।