मकवानपुर । नेकपा (एमाले) मनहरी गाउँपालिका कमिटीले ३ महिने कार्ययोजना बनाएको छ । शुक्रबार मनहरी गाउँपालिका २, भुन्द्रुङटाँडीमा भएको पूर्ण बैठकले नेता तथा कार्यकर्तालाई पार्टी उपमहासचिव प्रदिप ज्ञावालीद्वारा प्रशिक्षण गर्ने निर्णय गरेको छ । यस्तै मातहतको वडा कमिटी एवम् जनसंगठनको बैठक नियमित गर्ने पनि निर्णय गरेको छ ।

यसैगरी जनसरोकारका बिषयहरुमा दरिलो ढंगले उपस्थिति जनाउने लगायतका निर्णय बैठकले गरेको छ । मनहरी कमिटिको प्रशिक्षण माघ १३ गते मनहरी ३ भुन्द्रुङमा आयोजना गर्ने एमाले मनहरी अध्यक्ष नवीन सुवेदिले बताए ।
बैठकमा प्रमुख अतिथि रहेका पार्टी पोलिटब्युरो सदस्य एवम मकवानपुर इन्चार्ज देवी प्रसाद ज्ञवालीले एमाले पार्टीले बनाएको कार्ययोजनामा रहेर पार्टी निर्माणमा लाग्न एमाले मनहरीका नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए । यस्तै नेकपा (एमाले) संसदीय दलका सचेतक महेश वर्तौलाले आफू संसदमा मध्यवर्ती क्षेत्रका समस्या समाधानका लागि निकुञ्ज ऐनमा बसेर काम गरिरहेको बताए ।
बैठकमा एमाले प्रदेश कमिटी सदस्य एवम् मनहरी गाउँपालिकाका पुर्व अध्यक्ष एकाराज उप्रेती, पार्टी मकवानपुर जिल्ला कमिटी सदस्यहरु हेमलाल उप्रेतीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।