हेटौँडा – बागमती प्रदेश युवा परिषद्का नवनियुक्त मनोनित सदस्यहरुले बिहिबार शपथ ग्रहण गरेका छन् । सामाजिक बिकास मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै सामाजिक बिकास मन्त्री सरस्वती बस्नेतले बागमती युवा परिषदका मनोनित सदस्यहरुलाई शपथ ग्रहण गराउनुभएको हो ।
मनोनित सदस्यहरुको नियुक्ति तथा सपथ ग्रहणपछि प्रदेश युवा परिषद्ले पुर्णता पाएको छ । सपथ ग्रहण पश्चात् युवाहरुलाई सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले अबको आवश्यकता स्वरोजगार युवा भएकोले युवालाई स्वरोजगारमुखी चिन्तनका साथ अघि बढ्न र कायृक्रम गर्न सुझाव दिनुभयो । यस्तै मनोनित सदस्यहरुले प्रदेशका सबै जिल्लाका युवाहरुको समस्यालाई समेट्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । सामाजिक बिकास मन्त्रालयले सदस्यहरुमा इच्छा कुमारी राउत, केदार आचार्य, राधाकृष्ण गिरी, श्याम सुन्दर शिवाकोटी, नम्रता महर्जन, बसन्त न्यौपाने, छोटी लामा, सुदिप गौतम, प्रिती श्रेष्ठ, डालिया नेपाली नियुक्त गरेको छ । गएको असार ४ गते परिषद्को उपाध्यक्षमा सन्तोष चौलागाइ नियुक्त हुनुभएको भएपनि सदस्यहरुको नियुक्ति नहुँदा परिषद्ले पुर्णता पाउन सकेको थिएन । सामाजिक बिकास राज्यमन्त्री डा. रामकुमार अधिकारी लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थितिमा भएको शपथ कार्यक्रम भएको थियो ।