मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको छैठौं जिल्ला सभाको सम्पुर्ण तयारी पुरा भएको छ । भोली शुक्रबार आयोजना हुने छैठौं जिल्ला सभाको सम्पुर्ण तयारी पुरा भएको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिको चालु आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट अनिबार्य पारित गर्नु पर्ने भएकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गर्दै जिल्ला सभा आयोजना गर्न लागिएको प्रमुख खुलालले जानकारी दिनुभयो । जिल्ला सभाको सम्पुर्ण तयारी पुरा भएको र तयारीका सन्र्दभमा बिहीबार बसेको जिससको ८०औं बोर्ड बैठकले स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदण्डहरु पुरा गरेर जिल्ला सभा आयोजना गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । जिसस प्रमुख खुलालको अध्यक्षतामा बसेको बैठकले भोलीका लागि स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदण्ड पालना गरि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
नेपालको संविधान २०७२ को धारा २२० को उपधारा (७) मा उल्लेखित काम कर्तव्य र अधिकार बमोजिम जिल्ला सभा गर्ने प्रवधान अनुसार जिल्ला सभा आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । जिल्ला सभाबाट जिल्ला समन्वय समिति मकवानपुरले हालसम्म गरेका काम कारवाही तथा अर्थिक वर्ष २०७८÷०७९ को नीति कार्यक्रम सम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०७८÷७९ को आय तथा व्ययको अनुमान सम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०७७÷०७८ को संसोधित व्यय विवरण, विनियोजिन तथा प्रगति समिक्षा, बेरुजु तथा सम्परिक्षण सम्बन्धी प्रतिवेदन र अधिकार प्रत्यायोजन प्रस्ताव पारित गरिने उहाँले बताउनुभयो ।
यस्तै जिल्ला सभाका अवसरमा जिल्लाका स्थानीय तह मध्ये उत्कृष्ठ तीन वटा स्थानीय तहलाई सम्मान गरिनुका साथै विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका व्यक्ति तथा संस्थालाई प्रशंसा पत्र प्रदान गरिने जानकारी दिनुभयो । आज बसेको बोर्ड बैठकले यी सम्पूर्ण प्रस्तावहरु सभामा प्रस्तुत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकमा समन्व्य अधिकारी आनन्दराज पोखरेल, जिससका सदस्यहरु देवराज रिमाल, गणेश कुमारी प्रधान, सिता अधिकारी, चित्रबहादुर बलामी, बुद्धिबहादुर मोक्तान, सरिता विकलगायत कार्यालयका कर्मचारीहरुको उपस्थिती थियो ।