हेटौंडा । हेटौंडा १४ मयुरधापमा प्रहरीको अस्थायी विटको आज उद्घाटन् गरिएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री मा शालिकराम जम्कट्टेल अस्थाई प्रहरी बिट मयुरधापको वृक्षारोपण गरि उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा बोक्दै मन्त्री जम्कट्टेकले नेपालमा स्रोत साधनको कमिले गर्दा प्रहरिलाइ काम गर्न असहज भएको बताउनुभयो । अनुसन्धानलाई आवश्यक स्रोत साधनको अभावमा पनि प्रहरिले शान्ती सुरक्षाको क्षेत्रमा राम्रोसँग काम गरिरहेको भन्दै खुशी पनि व्यक्त गर्नुभयो । मन्त्री जम्कट्टेलले अबको लक्ष भनेको सबैलाइ सक्षम बनाउने सक्षम हुनको लागि सुरक्षा चाहिने बताउनुभयो । सुसासन र समृद्धिको लागि महत्त्वपूर्ण कुरा नै सुरक्षा रहेको वताउनुभयो । उहाँले भन्नुभयो–‘जो जस्ले जिते पनि यस्तै हो भन्ने हाम्रो बानी छ । हामिले हाम्रो राज्य व्यवस्था राम्रो सग बुझेको छैन यो व्यवस्था नया हो हामिले नया अलि गर्न नसकेको नया गर्नु पर्छ, बदल्नु पर्छ,बदलिनु पर्छ, फेरिनु पर्छ, फेर्नु पर्छ तर व्यवस्था नया हो हामिले ठूलो राजनीतिक क्रान्ति पूरा गरेर राज्य व्यवस्था नया स्थापना गरेर हाम्रो समाज सुहाउँदो राज्य व्यवस्था स्थापना गरेर हामी समृद्धि तर्फ लागेका छौं ।’

कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत, वडा १४ का अध्यक्ष दीपक खड्का, मकवानपुरका प्रहरी प्रमुख सुशिलसिं राठौर लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।











