मकवानपुर– मकवानपुरमा २०७२ सालको भुकम्प पछिको निजि आवास पुनर्निर्माण तर्फ सम्झौता हुन बाँकी लाभग्राही हरुको त्थ्यगत रिपोर्ट तयार पार्न निर्देशन दिईएको छ । बुधबार बसेको पुनर्निर्माण प्राधिकरण जिल्ला सहजिकरण समितिको बैठकले सम्झौता हुँन बाँकी लाभग्राहीको तथ्यगत रिपार्ट पेश गर्न जिल्ला आयोजना कायान्वयन ईकाई तथा पुनर्निर्माण सम्बन्धी कार्यालयलाई निर्देशन दिएको हो ।

सहजिकरण समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले के कति कारणले लाभग्राहीहरु सम्झौता गर्न नआएका हुन भन्ने तथ्यगत रिपोर्ट आगामी बैठकमा पेश गर्न निर्देशन दिईएको हो । बैठकले सम्झौता हुन बाँकी लाभग्राहीको सम्बन्धमा ३ दिन भित्र कार्ययोजना तयार पारेर कायान्वयनमा जान तथा आगामी बैठकमा तथ्यगत रिपोर्ट पेश गर्न जिल्ला आयोजना कायान्वयन ईकाईलाई निर्देशन दिएको प्रमुख खुलालले जानकारी दिनुभयो ।

मकवानपुरमा पुनर्निर्माण तर्फ ४ हजार ८ सय ५९ र प्रवलीकरण तर्फ ४ हजार ४ सय ४५ जना लाभग्राहीको अझै सम्म सम्झौता हुन सकेको छैन । त्यस्ता लाभग्राहीका सम्बन्धमा आवश्यक कारबाही प्रकृया अगाडी बढाउनका लागि सम्झौता गर्न नआउने लाभग्राहीको कारण पत्ता लगाउन लागेको हो । पुननिर्माणको काम समयमै टुङ्गो लगाउन त्यस्ता लाभग्राहीको नाम सुचिबाट हटाउनु पर्ने वा अन्य कारण भए त्यसको सम्बोधनका लागि सिफारीस गर्नु पर्ने हुनाले रिपोर्ट तयार पार्न लगाईएको उहाँले बताउनुभयो । लाभग्राहीको नाम सुचिबाट हटाउनु पर्ने भए पनि सो पुर्व सम्झौता हुन बाँकी लाभग्राहीहरु सम्झौता गर्न नआउनुको कारण पत्ता लगाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जुन सुकै अवस्थामा समयमै पुनर्निमाणको काम सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै बैठकले एकिकृत वस्ति निर्माण क्षेत्रमा अमिन परिचालन गर्न मालपोत र नापि कार्यालयलाई पत्राचार गर्ने, माघ मसान्त सम्म सिफरीस भई आउका लाभग्राहीको दोस्रो किस्ता निकासाका लागि सिफारीस गर्ने, हाल सम्म प्रमाणित भई आएका भुमिहिन र जोखिम वस्तिका लाभग्राहीको सम्झौता गर्नेलगायतका निर्णय गरेको जिल्ला आयोजना कार्यान्वय ईकाई मकवानपुरका प्रमुख बिमल किशोर केपीले जानकारी दिनुभयो ।