हेटौंडा । नेपाल कम्युनिष्ट पाटी (नेकपा) निकटको प्रेस संगठनको भेला यही माघ २५ गते हेटौंडामा हुने भएको छ । भेलाका अवसरमा नेकपा प्रदेश कमिटीका सदस्यहरु र मकवानपुर जिल्ला कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम हुने भएको छ । भेला र सपथग्रहण कार्यक्रमको अन्तिम तयारी भएको प्रेस संगठन मकवानपुरका संयोजक प्रकास दाहालले वताउनुभयो । भेलाको उद्घाटन् गर्नका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम प्रदेशको राजधानी हेटौंडा आउनुहुने भएको छ ।

केही दिनअघि मात्रै काठमाडौंमा भएको पार्टी केन्द्रीय बैठकले गौतमलाई उपाध्यक्षमा मनोनित गरेको थियो । उपाध्यक्ष भए लगत्तै गौतम हेटौंडा आउन लाग्नुभएको हो । पुर्वउपप्रधान तथा गृहमन्त्री गौतम माघ २५ गते शनिवार हेटौंडामा हनुे संगठनको भेलामा आउने निश्चित भएको संयोजक दाहालले वताउनुभयो । गौतमले प्रेस संगठनका सदस्यमा रहेका १३ वटै जिल्लाका संयोजक, सहसंयोजक र सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम छ ।