मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले चाडपर्वले समाजमा एकता र सद्भाव कायम गर्न मद्धत गर्ने बताउनुभएको छ । टोल विकास संस्था हेटौंडा उपमहानगरपालिका समन्वय समितिद्धारा आईतबार आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उहाँले चाडपर्बले सामाजिक सद्भाव र एकता कायम गर्न बताउनुभयो ।

No description available.

नेपालीहरुको महान पर्व बिजया दशमी, शुभदिपावली, छ्ठ तथा नेपाल सम्वत ११४२ को अवसरमा आईतबार शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा उहाँले नेपालको विशेषता भएकै विविधता भित्रको एकता भएकाले यसको संरक्षण गर्नमा साथै समाजमा बिकृती बिसङती हटाउन टोल बिकास संस्थाले भुमिका खेल्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा उहाले संस्कृतको सम्वर्द्द्न र संरक्षण हुने गरि सभ्य रुपमा चाडपर्व मनाउन समेत आग्रह गर्नुभयो ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धुब्र अधिकारीको अध्यक्षता एवम बागमती प्रदेशका सामाजिक बिकास राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल, सचिव एकलाल श्रेष्ठ, ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, १० नम्बर वडा अध्यक्ष किताब सिंह लामा, १२ नम्बर वडा अध्यक्ष ललित घलान, १७ नम्बर वडा अध्यक्ष भैरब बहादुर राइ, विभिन्न राजनीतिक दलका प्रमुख एवम प्रतिनिधि, गैसस मकवानपुरकि उपाध्यक्ष रमिला सापकोटालगायत विभिन्न टोल विकास संस्थाका अध्यक्ष लगायतको उपस्थिति थियो ।