मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ८ नम्बर वडा कमिटीले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । नेपालीहरुको महान पर्व बिजया दशमी, शुभदिपावली, छ्ठ तथा नेपाल सम्वत ११४२ को शुभ अवसरमा आईतबार शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको हो ।

No description available.

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ८ नम्बर वडा कमिटीका अध्यक्ष कृष्ण बहादुर श्रैष्ठको अध्यक्षता एवाम् एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा एमाले बागमती प्रदेश कमीटी सदस्य रघुनाथ खुलाल, जिल्ल अध्यक्ष बद्री लम्साल, उपाध्यक्ष गोपाल बहादुर श्रेष्ठ, सचिव एकालाल श्रेष्ठ, नगर अध्यक्ष शालिकराम पुडासैनी, जिल्ला कमिटी, नगर कमिटी वडा कमिटी, अनेमसंघ, युवा संघलगातय नेता कार्यकर्ताको सहभागिता थियो ।