देशको पहाडी क्षेत्रको मौसम बद्ली भएको छ । तराईका थोरै ठाउँमा मौसम आंशिक बद्ली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले मौसम बद्ली भएको हो । आज दिउँसो प्रदेश(१, वाग्मती तथा गण्डकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ । एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । त्यस्तै आज राति पनि प्रदेश(१, वाग्मती र गण्डकीका पहाडी क्षेत्रमा मौसम बद्ली भइ कतैकतै पानी पर्ने अनुमान छ ।