मकवानपुर– मदन भण्डारी फाउण्डेशन मकवानपुरले मदन भण्डारीको नविन बिचारलाई नयाँ पुस्तामा लान दृढतापुर्वक लाग्ने निर्णय गरेको छ । शनिबार फाउण्डेशनका जिल्ला अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले मदन भण्डारीको नविन बिचारलाई जनताको बिचमा पु¥याउने काम फाउण्डेशनको भएको निष्कर्ष निकाल्दै यसमा दुढता पुर्बक लाग्ने निर्णय गरेको हो ।

फाउण्डेशनले अहिलेको समसामयिक राजनैतिक परिस्थिती एवम् आगामी योजनालगायत विषयमा छलफल गर्न बैठक आयोजना गरिएको अध्यक्ष खुलालले जानकारी दिनुभयो । बैठकले जनताको वहुदलिय जनवादको रक्षा एवम् मदन भण्डारीको बिचारलाई जिवन्त राख्न फाउण्डेशन दृढतापुर्वक लाग्ने निर्णय गरेको उहाँले बताउनुभयो । जनताको बहुदलीय जनवाद हिजो, आज र भोलि पनि सान्दर्भिक रहेको भन्दै त्यसलाई जनताको बिचमा पु¥याउन फाउण्डेशन दृढतापुर्वक लाग्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकले देश र जनताका बाँकी कार्यभार पूरा गर्न तथा भावी पुस्ता माझ सबल पार्टीका रुपमा प्रस्तुत गर्नुपर्ने अहिलेको ठूलो चुनौती रहेकोले जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचारलाई आत्मसाथ गर्दै अगाडी बढेमा सबै समस्या हल हुँदै जाने निष्कर्ष निकालेको छ । पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने भन्दै बैठकले पार्टिको महाधिवेशन सम्म सहमतिमै चल्न र विना तुकको झमेला नगर्न केन्द्रिय पार्टि नेर्तत्वलाई आव्हान गर्ने निर्णय समेत गरेको उहाँले जानकारी दिनुभयो । पुष्पलाल श्रेष्ठ र मदन भण्डारी दुई व्यक्तिको पार्टी स्थापना र प्रतिपादित सिद्धान्त जबजको मार्गदर्शनले नै अहिले उपलव्धी प्राप्त गर्न सकेको कुरालाइ नेतृत्वले बिर्सन नहुने फाउण्डेशनको निष्कर्ष रहेको उहाँले बताउनुभयो ।

त्यस्तै बैठकले मदन भण्डारी फाउण्डेशनको जिल्ला अधिवेशन आगामी भदौ दोस्रो साता आयोजना गर्ने निर्णय समेत गरेको छ । बैठकमा फाउण्डेशनका प्रदेश सदस्य जुनेली श्रेष्ठ, एकलाल श्रेष्ठलगायत फाउण्डेशनका जिल्ला पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती थियो ।