हेटाैंडा– नेपालका ६ वटा जिल्ला कोरोनामुक्त भएका छन् । सबै सङ्क्रमित निको भएपछि भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ सङ्क्रमितमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ती जिल्लामा एकपटक सङ्क्रमित भेटिए पनि अहिले सबै निको भएका छन् । यस्तै रौतहट र कैलालीमा पाँच सय भन्दा धेरैका दरले सङ्क्रमित रहेका छन् ।