फाइल तस्विर

हेटाैंडा– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थल मार्ग हुँदै सिमा क्षेत्रमा आउने नेपालीलाई कोरोना परीक्षण गरेपछि मात्रै आ–आफ्नो गन्तव्यमा जान दिन सिमा क्षेत्रका पालिकाहरूलाई आग्रह गरेको छ ।मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भारतबाट फर्कने सबै व्यक्तिको स्वाव संकलन गरी नतिजा नआउँदा सम्म स्थानीय क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्न स्थानीय पालिकाहरूलाई अनुरोध गर्नुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले स्वस्थ्य कर्मी, सुरक्षा कर्मी, कर्मचारी तथा अन्य जिम्मेवार व्यक्तिहरूले समेत जनस्वास्थ्य सुरक्षाका उपायहरू पालना नगरिएको प्रति मन्त्रालयको ध्यानकर्षण भएको बताउनुभयो ।प्रवक्ता प्रा.डा. गौतमले हिरासत, कारागार, पूनर्स्थापना केन्द्र, सु    धारगृह लगायतका स्थानमा समेत सामाजिक दुरी कायम गर्न र क्षमता भन्दा बढी व्यक्तिहरू नराख्न समेत आग्रह गर्नुभयो । मन्त्रालयले दिएको जानकारी अनुसार आज ६ हजार ९ सय ९३ वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा थप ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ भने ९३ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।