नेपाल राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै वटा लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउने भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले यस्तो जानकारी गराएका हुन् ।आर्थिक पत्रकार समाज सेजनले सोमबार राजधानीमा आयोजना गरेको संकटमा लघुवित्त, कारण र समाधान विषयक कार्यक्रममा उनले यस्तो जानकारी गराए ।
एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिका मार्फत कडाइ गर्ने तयारी भइरहेको उनले बताए । लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गर्ने हो भने धेरै समस्या समाधान हुने उनको भनाइ थियो । उनले वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको भन्दै यसको समाधान गर्नु पर्ने बताए ।स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु पर्ने भन्दै उनले मिटरब्याजीका कारण पनि स्थानीय स्तरमा समस्या बढी बल्जिएको हुन सक्ने बताए ।











