चितवन – नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा दुई बढी लम्बिने निश्चित भएको छ । आज राति ९ बजेबाट मतदान हुने भनिए पनि कम्तिमा केन्द्रीय सदस्य पदमा चुनाव नगराउन मतदानको समय सारिएको छ ।
३०१ सदस्य निर्वाचित हुनुपर्ने केन्द्रीय कमिटीका लागि ३३१ जनाले मनोनयन दर्ता गराएकोमा केहीले फिर्ता लिएका छन् । बाँकीलाई पनि फिर्ता लिन लगाएर केन्द्रीय सदस्य बाहेक पदाधिकारीमा मात्र चुनाव गराउने तयारी छ । अधिकांश उम्मेदवारले फिर्ता लिइसकेकाले केहीलाई मनाएर छिटोछरितो मतदानको तयारीका लागि समय सारिएको निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले जानकारी दिए । पदाधिकारीमा भने अध्यक्ष,उपाध्यक्ष र सचिवमा चुनाव हुने भएको छ । मतदानको समय अनिश्चित भएपछि प्रतिनिधिहरु अन्यौलमा परेका छन् ।