चितवन – नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय अन्तर्गत सुदुरपश्चिम भूगोलका सबै केन्द्रीय सदस्य सर्वसम्मत भएका छन् । केनद्रीय सदस्यमा मनोनयन दर्ता गरेका सहदेव बोगटी, दीपकप्रसाद भट्ट र कृष्णप्रसाद जैसीले उम्मेदवारी फिर्ता लिएपछि सुदूर पश्चिम प्रदेशको भूगोलतर्फको सदस्य सर्वसम्मत भएको हो । सबैतिरको केन्द्रीय सदस्य सकेसम्म सर्वसम्मत गर्ने प्रयासमा संस्थापन पक्ष छ । सोमबार राति ११ बजेपछि मात्रै मतदानको कार्यक्रम अघि बढ्ने जनाइएको छ ।