नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । समितिले सोमबार साँझ प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । जसअनुसार मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन गरिनेछ । केन्द्रीय निर्वाचनको मतदाता नामावली मंसिर २४ गते बिहान १० बजे प्रकाशन गरिने जनाइएको छ ।