चितवन – नेकपा एमालेको जारी महाधिवेशनमा मुख्य पदाधिकारीमा निर्वाचन हुने भएपछि उम्मेदवारहरु प्रचार प्रसारमा लागेका छन् । अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको सूचीमा अन्य नेताले असन्तुष्टि जनाएसँगै निर्वाच्न हुने भएको हो । 
वरिष्ठ उपाध्यक्ष, महासचिवलगायतमा सर्वसम्मति भए पनि अध्यक्ष, उपाध्यक्षलगायत पदमा निर्वाचन हुने भएको हो । एमाले नेताहरु मतदासामुभोट माग्न व्यस्त रहँदा पूर्वमाओवादी नेताहरु भने भोट माग्न हिँडेका छैनन् । एमाले नेताहरु भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, पद्मा अर्याललगायतले भोट मागिरहँदा पूर्वमाओवादी नेताहरु भने मतदानस्थल होटल सेभेन स्टारमा देखिएका छैनन् । निर्वाचन समितिले राति ११ बजे अन्तिम नामावाली प्रकाशन गर्ने र २ बजेबाट निर्वाचन सुरु गर्ने कार्यतालिका प्रकाशन गरेको छ ।