काठमाण्डाै – सर्वोच्च अदालत परिसरमा आन्दोलनमा रहेका कानुन व्यवसायीलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनमा रहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रधानन्यायाधीश सर्वोच्च पस्ने गरेको गेटमा कानुन व्यवसायीले अवरोध पुर्याउन खोजे पछि प्रहरीले बल प्रयोग गरेको हो  । प्रहरीले बल प्रयोग गरेपछि आन्दोलन थप चर्काउने कानुन व्यवसायीले चेतावनी दिएका छन् ।